दुई करोड ठगी गरेर फरार भएकालाई पोर्चुगलमा पक्राउ गरी इन्टरपोलको सहयोगमा नेपाल ल्याइयो – Nepal Press

दुई करोड ठगी गरेर फरार भएकालाई पोर्चुगलमा पक्राउ गरी इन्टरपोलको सहयोगमा नेपाल ल्याइयो

काठमाडौँ । झन्डै दुई करोड रुपैयाँ ठगी गरेर पोर्चुगल पुगेका एक व्यक्तिलाई आज इन्टरपोलको सहयोगमा नेपाल ल्याइएको छ । विभिन्न बैंक तथा व्यक्तिबाट करोडौँ रुपियाँ ठगी गर्ने काभ्रेपलाञ्चोक जिल्ला साबिकको सापिङ गाविस ४ र हालको भुम्लु गाउँपालिका १ का केदार ढुङ्गानालाई नेपाल ल्याइएको हो ।

डीएसपी निशान्त श्रीवास्तवको इन्टरपोलको टोलीले पोर्चुगल पुगेर उनलाई पक्राउ गरेको हो । सीआईबीले यसअघि ढुंगाना समूहगेको ठगीको घटनामा गत २०७५ सालमा नारायण श्रेष्ठ, नवीन श्रेष्ठ, काभ्रेकै कृष्णबहादुर खत्री, काठमाडौँका नरेशमान सिंह, सरिनशंकर श्रेष्ठलाई पक्राउ गरेको थियो ।

नरेशमान सिंह बैंकका भ्यालुएटर थिए भने सरिनशंकर ब्रान्च म्यानेजर थिए । गिरोहका सबै सदस्य त्यसबेला पक्राउ परे पनि मुख्य योजनाकार ढुंगाना फरार थिए । ढुङ्गानाले तत्कालीन इनडिइपी डेभलपमेन्ट बैंक र विभिन्न व्यक्तिबाट गरी करिब दुई करोड रुपियाँ ठगी गरेको जनाइएको छ । फैसला कार्यान्वयनका लागि आइतबार ललितपुर जिल्ला अदालतमा बुझाउने उक्त ब्यूरोले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर