सुरेन्द्र बसेलको निर्देशन एंव कोरियोग्राफीमा ‘मार्सी चामल’ भिडियो सार्वजनिक (भिडियो) – Nepal Press

सुरेन्द्र बसेलको निर्देशन एंव कोरियोग्राफीमा ‘मार्सी चामल’ भिडियो सार्वजनिक (भिडियो)

काठमाडौं । गायक दुर्गा पराजुली र गायिका सुनिता थेगिमको स्वरमा रहेको पुर्वेली लोक भाका ‘मार्सी चामल’ म्युजिक भिडियो सार्वजनिक भएको छ । दुर्गा पराजुलीको शब्द तथा संगीत रहेको गीत पुर्बेली भाकामा बनेको छ ।

सुरेन्द्र बसेलले निर्देशन तथा कोरियोग्राफी गरेको ‘मार्सी चामल’ गीतको भिडियोमा स्वयम सुरेन्द्र बसेल, हरिश निरौला (कक्रोच), अञ्जली अधिकारी र जुना सुन्दासको अभिनय रहेको छ । दिनेश पराजुलीले छायाँकन गरेको भिडियोको सम्पादन विकाश धमलाले गरेका छन्।

भिडियो द डिभाइन म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।


प्रतिक्रिया

One thought on “सुरेन्द्र बसेलको निर्देशन एंव कोरियोग्राफीमा ‘मार्सी चामल’ भिडियो सार्वजनिक (भिडियो)

  1. cockroach je ai r sabai team ani sakigone ko pane sabai team lai dhera dherai badai 6r ramro geet durga parjuli je r sunita thegmi je ko

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर