ओलीविरुद्धको गठबन्धन चुनावसम्म कायम राख्ने प्रचण्डको प्रस्ताव (पूर्णपाठसहित) – Nepal Press

ओलीविरुद्धको गठबन्धन चुनावसम्म कायम राख्ने प्रचण्डको प्रस्ताव (पूर्णपाठसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी ओलीविरुद्ध बनेको वर्तमान सत्तारुढ गठबन्धनलाई कम्तिमा आउने तीनै तहका निर्वाचनसम्म कायम राख्ने प्रस्ताव अघि सारेको छ ।

शनिवार काठमाडौंमा शुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा ओलीविरुद्धको गठबन्धन लोकतान्त्रिक प्रणाली, संविधान र स्थायित्व तथा सुशासनका लागि भएकाले आउने चुनावसम्म कायम राख्ने नीति रहने उल्लेख छ ।

आफ्नो प्रस्तावमा प्रचण्डले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा माओवादीलाई नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने समेत योजना अघि सारेका छन् । उनले ओलीबाहेकका कम्युनिस्टहरुको एकीकरण गर्ने समेत बताएका छन् ।

एमालेसँगको एकता र गठबन्धन उपयुक्त भए पनि केपी ओलीको अहंकार र दम्भका कारण नेकपा विघटन भएको भन्दै प्रचण्डले आफ्नो प्रतिवेदन मूल रुपमा ओलीविरुद्ध केन्द्रित गरेका छन् ।


प्रतिक्रिया

One thought on “ओलीविरुद्धको गठबन्धन चुनावसम्म कायम राख्ने प्रचण्डको प्रस्ताव (पूर्णपाठसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर