राष्ट्रपति नारायणहिटीमा, दरवार हत्याकाण्ड भएको स्थल र राजारानीको फिल्म हल अवलोकन (तस्वीरहरू) – Nepal Press

राष्ट्रपति नारायणहिटीमा, दरवार हत्याकाण्ड भएको स्थल र राजारानीको फिल्म हल अवलोकन (तस्वीरहरू)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार नारायणहिटी राजदरवारस्थित संग्रहालय पुगेर अवलोकन गरेकी छन् ।

निषेधाज्ञाका कारण सर्वसाधारणका लागि बन्द रहेको संग्राहलयमा राष्ट्रपतिबाट अनौपचारिक भ्रमण भएको नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए ।

संग्रहालय परिसरमा सरसफाइको काम चलिरहेका बेला राष्ट्रपति कार्यालयबाट भ्रमणको जानकारी दिइएको थियो । राष्ट्रपतिको भ्रमण अनौपचारिक रहेको कार्यालयले जनाएको छ ।

संग्रहालयमा करिब दुई घण्टा बिताएकी राष्ट्रपति दरवार हत्याकाण्ड भएको स्थल र राजारानीले फिल्म हेर्ने हलको समेत अवलोकन गरेकी थिइन् ।

   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर