मौद्रिक नीतिः शेयर धितो यथावत, ४ करोडदेखि १२ करोडसम्म कर्जा लिन पाइने – Nepal Press

मौद्रिक नीतिः शेयर धितो यथावत, ४ करोडदेखि १२ करोडसम्म कर्जा लिन पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/८९को मौद्रिक नीतिमार्फत् शेयर धितोमा कर्जाको धितो अनुपात यथावत कायम गरिएको छ ।

यसमा मार्जिन धितो कर्जा एक व्याक्ति वा संस्थाले अधिकतम् ४ करोड र अधिकतम १२ करोडसम्म लिन पाउनेछन् ।

त्यस्तै कारोनाको कारणले थला परेको पर्यटन क्षेत्रका लागि मौद्रिक नीतिले मल्हम लगाएको छ । पर्यटन क्षेत्रका होटल, हवाई र ट्राभललगायतका क्षेत्रलाई हर्जना नलाग्ने व्यवस्था गरेको छ ।

कोरोनाका कारण अतिप्रभावित क्षेत्रका व्यवसायीले बैंकको ऋण तिर्न नसक्दा हर्जना नलाग्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *