शुक्रबार झन्डै ४ हजार कोभिड संक्रमित थपिए, २७ जनाको मृत्यु – Nepal Press

शुक्रबार झन्डै ४ हजार कोभिड संक्रमित थपिए, २७ जनाको मृत्यु

काठमाडौं उपत्यकामा १,०९८ संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३९१५ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ५८२ नमुना ९११ हजार ७०८ पीसीआर र ६८७४ एन्टीजेन० परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

शुक्रबार थप २७ जनाको मृत्यु भएको छ । २११८ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३८ हजार ७९८ पुगेको छ ।

काठमाडौं उपत्यकामा शुक्रबार १०९८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ७९९, ललितपुरमा १२८ र भक्तपुरमा १६२ जना संक्रमित थपिएका छन् ।

३२ लाख २३ हजार जनाले पूर्ण डोज खोप लगाएका छन् । कूल मृतक संख्या १० हजार २३९ पुगेको छ । कूल संक्रमित संख्या ७ लाख २८ हजार रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर