कांग्रेस बैठकमा देउवा र डा. महतबीच सवालजवाफ – Nepal Press

कांग्रेस बैठकमा देउवा र डा. महतबीच सवालजवाफ

काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवासँग केन्द्रीय सदस्य डा. रामशरण महतबीच सवालजवाफ भएको छ । डा. महतले सभापतिकै जिल्लामा क्रियाशील सदस्यताको विवाद रहेको बताएका छन् ।

डा. महतले ‘सभापतिजी तपाईंकै जिल्लामा विवाद छ’ भनेपछि देउवलाले पनि ‘तपाईंको नुवाकोटमा पनि विवाद छ नि’ भन्दै जवाफ फर्काएका थिए ।

त्यसपछि महतले भने, ‘म बोल्दैछु, राम्रोसँग सुन्नुस् पहिला ।’

उनले क्रियाशील विवाद समाधानमा नेतृत्व गम्भीर नभएको र धाँधली गरिएको आरोप लगाए । संवैधानिक संकटबाट पार्टीलाई मुक्त गराउनुपर्ने धारणा पनि उनले राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर