अशक्त,अपांग र दीर्घरोगीलाई घरमै गएर कोभिडविरुद्धको खोप लगाउन अदालतको आदेश – Nepal Press

अशक्त,अपांग र दीर्घरोगीलाई घरमै गएर कोभिडविरुद्धको खोप लगाउन अदालतको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने जेष्ट नागरिक,अशक्त तथा अपांगता भएका र दृष्टिविहीन लगायत दीर्घरोगीहरुलाई घर घरमै गएर खोप सेवा उपलब्ध गराउन आदेश दिएको छ ।

न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले अधिवक्ता प्रवेश केसीको रिटमाथि सुनुवाई गर्दै शुक्रवार यस्तो आदेश दिएको हो ।

अदालतले अशक्त,अपांग र दीर्घ रोगी तथा थला परेकाहरुको वडास्तरबाट लगत संकलन गरि घर घरमै खोप सेवा उपलब्ध गराउन आदेश जारी गरेको हो । संविधानले दिएको मौलिक हक कार्यन्वयनका सन्दर्भमा अदालतले यस्ता आदेश दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर