प्राइम लाइफले कमायो ३० करोड ८२ लाख नाफा – Nepal Press

प्राइम लाइफले कमायो ३० करोड ८२ लाख नाफा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणनुसार आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा ३० करोड ८२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो त्रैमासिकसम्ममा यस कम्पनीले २२ करोड ८६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । चौथो त्रैमासिकमा मात्रै प्राइम लाइफले ७ करोड ९६ लाख रुपैयाँ मुनाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्ष यस कम्पनीले २९ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा प्राइम लाइफले ९७ लाख १८ हजार रुपैयाँ थप नाफा गरेको हो ।

यस कम्पनीको कुल चुक्ता पुँजी २ अर्ब ४१ करोड रुपैयाँ , जगेडा तथा कोषमा ६९ करोड २३ लाख , जीवन बीमा कोषमा १४ अर्ब ६९ करोड, महाविपत्ति कोष जगेडामा १५ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

३७ दावी भुक्तानी बापत ८५ लाख ९३ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको कम्पनीले जनाएको छ ।

यस कम्पनीको प्रतिशेयर आम्दानी १२.७५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३५.०७ रहेको छ । प्राइम लाइफको यस वर्ष शेयर बजारमा अधिकतम प्रतिशेयर मूल्य ११३३ र न्यूनतम मूल्य ८७३ मा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर