गोर्खा सैनिकका मागबारे वार्ताका लागि बेलायतसँग पहल गर्न डा. संग्रौलाको माग (भिडियो) – Nepal Press

गोर्खा सैनिकका मागबारे वार्ताका लागि बेलायतसँग पहल गर्न डा. संग्रौलाको माग (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले गोर्खा सैनिकहरुको मागबारे वार्ताका लागि बेलायतसँग पहल गर्न आग्रह गरेकी छिन्। शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बाल्दै उनले उनीहरुको जीवन रक्षा गर्नु नेपाल सरकारको कर्तव्य भएको बताइन्।

‘संसारभरि बहादुरीका लागि चिनिएका गोर्खा सैनिकहरु अहिले आफ्नै लागि न्याय माग्दै शनिबारदेखि ब्रिटिश प्रधानमंत्री कार्यालय नजिकै लन्डनमा आमरण अनशन बसी रहेका छन्,’ उनले भनिन्, ‘उनीहरुको जीवन रक्षा गर्नु नेपाल सरकारको कर्तव्य हो। त्यसैले म नेपाल सरकारलाई तत्काल कूटनीतिक मध्यमद्वारा ब्रिटिश सरकारसंग सम्पर्क गरी वार्ता समिति गठन गर्न, वार्ताको मिति र स्थान तोक्न पहल गर्न आग्रह गर्दछु।’

समान पेन्सनको माग गर्दै भूतपूर्व बेलायती सैनिकहरु बेलायती प्रधानमन्त्री कार्यालय अगाडि ६ दिनदेखि आमरण अनशनमा बसेका छन् । उनीहरुको स्वाथ्य स्थिति बिग्रदै गर्दा पनि त्यहाँको सरकारले मागको कुनै सुनुवाई गरेको छैन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर