हृदयेश त्रिपाठीको दावी– पार्टी महाधिवेशनलगत्तै देउवाले संसद विघटन गर्छन् (भिडियो) – Nepal Press

हृदयेश त्रिपाठीको दावी– पार्टी महाधिवेशनलगत्तै देउवाले संसद विघटन गर्छन् (भिडियो)

‘देउवा सरकार धेरै टिक्दैन, धेरै टिके वैशाखसम्म’

रुपन्देही । पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले शेरबहादुर देउवा नेतृत्वको सरकार धेरै नटिक्ने बताएका छन् । त्रिपाठीले देउवा नेतृत्वको सरकारको आयु वैैशाखसम्मको मात्र भएको दावी गरे ।

गृहजिल्ला पश्चिमनवलपरासीमा पत्रकारसँग कुरा गर्दै उनले कांग्रेस महाधिवेशनलगत्तै देउवा सरकारले संसद् विघटन गरेर चुनाव गराउने योजनामा रहेको सूचना बाहिर आउन थालेको तर्क गरेका हुन् ।

त्रिपाठीले कात्तिक महिनाभित्र महाधिवेशन सकेर बैशाखमा चुनाव गराउने योजनामा देउवा रहेको जानकारी आफूले पाएको दावी गरे । सरकार चलाउन कति गाह्रो रहेछ भन्ने कुरा सरकारले पूर्णता नपाउनुले पुष्टि गरेको उनको भनाइ छ ।

संघदेखि प्रदेशसम्मको सरकार परिवर्तनले अहिलेको संरचना नै अस्थिर भएको देखिएकाले प्रदेश नै भंग हुने अवस्थाको बहस भइरहेको त्रिपाठीको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर