राष्ट्र बैंकले मौद्रिक नीति ४ बजे सार्वजनिक गर्ने – Nepal Press

राष्ट्र बैंकले मौद्रिक नीति ४ बजे सार्वजनिक गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ ।

साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक हुने भनिएतापनि सरकार परिवर्तनका कारण १ महिना ढिला गरी नेपाल राष्ट्र बैंकले आज अपरान्न ४ बजेर १५मिनेटमा मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

गत आर्थिक वर्षको मौद्रिक नीति साउन २ गते सार्वजनिक भएको थियो । सरकारको न्युनतम साझा कार्याक्रम र श्वेतपत्र सार्वजनिक भएपछि मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *