पूर्ण खोप लिएका ६० वर्षीय व्यक्तिको कोरोनाबाटै मृत्यु – Nepal Press

पूर्ण खोप लिएका ६० वर्षीय व्यक्तिको कोरोनाबाटै मृत्यु

टाेकियाे । जापानको राजधानी टोकियोमा कोरोना विरुद्ध पूर्ण खोप लिएका एकजना ६० बर्षीय पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएकोछ । जापानमा खोप लगाएका व्यक्तिको कोरोना सक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो ।

उनले जुन महिनामा दोश्रो डोज खोप लगाएको र अगस्ट ६ तारिख कोरोना संक्रमणको पुष्टि भएको थियो । उनको अगष्ट १० तारिखका दिन मृत्यु भएको हो ।

यो घटनालाई जापानी सन्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशन प्रशारण गरेका छन् भने आम मानिसमा सामान्य संसय पैदा भएको छ ।

आसाही पत्रिकाको अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार उनी क्यान्सरपीडित समेत रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *