पेस्तोलसहित खरिद विक्री गर्ने तीनजना पक्राउ – Nepal Press

पेस्तोलसहित खरिद विक्री गर्ने तीनजना पक्राउ

जनकपुरधाम । पेस्तोलसहित खरिद विक्रीमा संलग्न तीन जनालाई बिहीबार दिउँसो पर्साबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज उपमहानगरपालिका १२ का ३५ वर्षीय अनिल साह, धरानका ३२ वर्षीय रवि पौडेल र पर्साकै पकाहा मैनपुर गाउँपालिका ७ का ४० वर्षीय विजय कुमार पटेल रहेका छन् ।

उनी तिनै जनालाई वीरगन्ज १५ ब्रह्मचोकमा रहेको एक होटलबाट पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

सानो हतियार बेचविखन गर्ने उद्देश्यले होटलमा तीनजना बसिरहेको सूचना प्राप्त भएपछि जनकपुरबाट खटेको प्रहरी र पर्सा प्रहरीको संयुक्त टोलीले खानतलासी गर्दा अनिलको साथबाट एक थान पेस्तोल बरामद भएपछि उनीसँगै रहेका पौडेल र पटेललाई समेत पक्राउ गरिएको छ ।

हात हतियारसम्बन्धी कसूरमा तीनै जनामाथि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर