निजामति,फौजी र शिक्षकसहित राष्ट्रसेवकको नयाँ तलबमान: मुख्यसचिवपछि धेरै बुझ्नेमा प्रधानसेनापति (सूचीसहित) – Nepal Press

निजामति,फौजी र शिक्षकसहित राष्ट्रसेवकको नयाँ तलबमान: मुख्यसचिवपछि धेरै बुझ्नेमा प्रधानसेनापति (सूचीसहित)

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को साउन १ गतेदेखि लागू भएको सरकारी सेवा क्षेत्रका सबै तहका कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत सार्वजनिक गरेको बजेट अनुसार नयाँ तलबमान अर्थ मन्त्रालयले स्वीकृत गरेको थियो ।

निजामती कर्मचारीको मुख्यसचिवदेखि कार्यालय सहयोगीसम्म, संसद सेवाको राजपत्रांकित विशिष्ठ श्रेणीदेखि कार्यालय सहयोगीसम्मको तलवमान सार्वजनिक भएको हो । यसमा प्रदेश तथा स्थानीय तहका अधिकृत एघारौं तहदेखि कार्यालय सहयोगीसम्म, सामुदायिक विद्यालयमा कार्यरत माध्यामिक तहदेखि प्राथमिक तहसम्म, स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तहदेखि सहायक प्रथमसम्मको तलबमान समावेश छ ।

मन्त्रालयका अनुसार निजामती कर्मचारीको सबैभन्दा माथिल्लो तहमा रहेका मुख्यसचिवले शुरु तलब स्केल ६७ हजार एक सय ४०, ग्रेड संख्या २, ग्रेड दर २ हजार २ सय ३८ गरेर जम्मा ७१ हजार ६ सय १६ रुपैयाँ मासिक तलब पाउनेछन् । निजामती सेवाको सबैभन्दा तल्लो तह कार्यालय सहयोगी प्रथम स्तरले २१ हजार ४ सय ८० शुरु तलब स्केल, ग्रेड संख्या २ र ग्रेड दर ७ सय १६ गरेर जम्मा २२ हजार ९ सय १२ मासिक तलब पाउँछन् ।

यस्तै संसद सेवा राजपत्रांकित कर्मचारी विशिष्ठ श्रेणीले ६२ हजार ६ सय ८०, ग्रेड दर २ र ग्रेड दर २ हजार ९० गरेर जम्मा ६६ हजार ८ सय ६० पाउनेछन् भने कार्यालय सहयोगी प्रथम तहले २१ हजार ४ सय ८० शुरु तलब स्केल, ग्रेड संख्या २ र ग्रेड दर ७ सय १६ गरेर जम्मा २२ हजार ९ सय १२ रुपैयाँ पाउँछन् ।

प्रदेश र स्थानीय तहमा कार्यरत सबैभन्दा माथिल्लो तह अधिकृत एघारौंले ५२ हजार ६ सय शुरु तलब स्केल, ग्रेड संख्या ५ र ग्रेड दर १ हजार ७ सय ५४ गरेर जम्मा ६१ हजार ३ सय ७० रुपैयाँ पाउनेछन् । सबैभन्दा तल्लो कार्यालय सहयोगी प्रथम स्तरले २१ हजार ४ सय ८० शुरु तलब स्केल, ग्रेड संख्या २ र ग्रेड दर ७ सय १६ गरेर २२ हजार ९ सय १२ रुपैयाँ पाउनेछन् ।

स्वास्थ्य सेवाको सबैभन्दा माथिल्लो अधिकृत बाह्रौं तहले शुरु तलब स्केल ६२ हजार ६ सय ८०, ग्रेड संख्या २ र ग्रेड दर २ हजार ९० गरेर जम्मा ६६ हजार ८ सय ६० रुपैयाँ पाउनेछन् । सबैभन्दा तल्लो तह सहायक प्रथमले २१ हजार ४ सय ८० शुरु तलब स्केल, ग्रेड संख्या १० र ग्रेड दर ७ सय १६ गरेर जम्मा २८ हजार ६ सय ४० रुपैयाँ पाउनेछन् ।

नेपाल प्रहरीको सबैभन्दा माथिल्लो तह प्रहरी महानिरीक्षक (आईजीपी) ले शुरु तलब स्केल ६२ हजार ६ सय ८०, ग्रेड संख्या २ र ग्रेड दर २ हजार ९० गरेर जम्मा ६६ हजार ८ सय ६० रुपैयाँ पाउनेछन् । सबैभन्दा तल्लो तह फलोवर्स अर्थात सयसले शुरु तलब स्केल २१ हजार ४ सय ८०, ग्रेड संख्या १० र ग्रेड दर ७ सय १६ गरेर जम्मा २८ हजार ६ सय ४० रुपैयाँ पुगेको छ ।

यस्तै सशस्त्र प्रहरी बलको सबैभन्दा माथिल्लो तह सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी)ले ६२ हजार ६ सय ८० शुरु तलब स्केल, ग्रेड संख्या २ र ग्रेड दर २ हजार ९० गरेर जम्मा ६६ हजार ८ सय ६० रुपैयाँ पाउनेछन् । सबैभन्दा तल्लो फलोवर्स सयसले २१ हजार ४ सय ८० शुरु तलब स्केल, ग्रेड संख्या १० र ग्रेड दर ७ सय १६ गरेर जम्मा २८ हजार ६ सय ४० रुपैयाँ पाउनेछन् ।

नेपाली सेनाको सबैभन्दा माथिल्लो तह प्रधानसेनापतिले शुरु तलब स्केल ६७ हजार १ सय ४०, ग्रेड संख्या २ र ग्रेड दर २ हजार २ सय ३८ गरेर जम्मा ७० हजार ६ सय १६ रुपैयाँ मासिक पाउनेछन् । सबैभन्दा तल्लो तह फलोअर्स प्रथम स्तरले २१ हजार ४ सय ८० शुरु तलब स्केल, ग्रेड संख्या २ र ग्रेड दर ७ सय १६ गरेर जम्मा २२ हजार ९ सय १२ पाउनेछन् ।

मन्त्रालयले स्वीकृत गरेको नयाँ तलबमान अनुसार सबैभन्दा माथिल्लो तह माध्यामिक प्रथम श्रेणीका शिक्षकले ४९ हजार ३ सय ८० शुरु तलब स्केल पाउनेछन् । सबैभन्दा तल्लो प्राथमिक एसएलसी दुई विषयभन्दा बढी अनुत्तिर्णले शुरु तलब स्केल २२ हजार ६ सय ८०, ग्रेड संख्या ६ र ग्रेडदर ७ सय ५६ गरेर जम्मा २७ हजार २ सय १६ रुपैयाँ पाउनेछन् ।

तत्कालिन अर्थमन्त्री पौडेलले सबै क्षेत्र र तहका कर्मचारीको दुई हजार तलब बढाउने घोषणा गरेका थिए ।

२०७८ साउन १ गतेदेखि लागू भएको तलबमान यस प्रकार छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर