आँचलले भनिन् : पुरुष कलाकारभन्दा स्वस्तिमासँग मेरो जोडी जम्यो – Nepal Press

आँचलले भनिन् : पुरुष कलाकारभन्दा स्वस्तिमासँग मेरो जोडी जम्यो

काठमाडौं । युट्युव ट्रेन्डिङको शीर्षस्थानमा पुगेको गीत ‘कुरा बुझ्न पर्च’ अहिले चर्चामा छ । त्यो भन्दा अर्को चर्चा यी गीतमा सँगै फिचर्ड भएका दुई नायिका स्वस्तिमा खड्का र आँचल शर्मालाई लिएर भैरहेको छ ।

प्रकाश सपुतद्वारा संगीतबद्ध गीतमा आँचल र स्वस्तिमाले जोडी बाँधेका छन् । बिहीबार राजधानीमा आयोजना गरिएको गीतको सक्सेस-सेलिव्रेसन प्रेसमिटमा आँचल र स्वस्तिमा दुबै खुलेर प्रस्तुत भए ।

गीतमा पुरुषसँग जोडी बाँध्नुभन्दा स्वस्तिमासँग जोडी बाँध्दा आफूलाई रमाइलो लागेको र राम्रो प्रतिक्रिया मिलेको आँचलले बताइन् । ‘केटाभन्दा स्वस्तिमासँग जोडी बाँध्दा रमाइलो भयो’ आँचलले भनिन्, ‘मनमाया र फूलमायाको यो जोडीलाई दर्शकले पनि रुचाउनुभएको छ ।’

साथै, लिरिक्सको कारण आफूले गीतमा फिचर्ड हुने सोच बनाएको आँचलले बताइन् ।

प्रायः म्युजिक भिडिओमा केटा र केटीलाई जोडी बाँध्ने गरिएपनि गायक तथा संगीतकार सपुतले यसमा चाहिँ केटी–केटीको जोडी बाँधेका छन् । प्रेसमिटमा दुई विवाहित नायिका समेत रहेका आँचल र स्वस्तिमाले आफूहरुको वैवाहिक जीवन रमाइलोसँग बितिरहेको बताए ।


प्रतिक्रिया

One thought on “आँचलले भनिन् : पुरुष कलाकारभन्दा स्वस्तिमासँग मेरो जोडी जम्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर