बिहीबार ३२ सय कोभिड संक्रमित थपिए, ३२ जनाको मृत्यु – Nepal Press

बिहीबार ३२ सय कोभिड संक्रमित थपिए, ३२ जनाको मृत्यु

काठमाडौं उपत्यकामा ११३३ संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३२६० जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ४६२ नमुना (१० हजार ८०६ पीसीआर र ४७५६ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

बिहीबार थप ३२ जनाको मृत्यु भएको छ । २२९४ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३८ हजार १८० पुगेको छ ।

काठमाडौं उपत्यकामा आज ११३३ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ८११, ललितपुरमा १९२ र भक्तपुरमा १३० जना संक्रमित थपिएका छन् ।

कूल मृत्यु संख्या १० हजार २१२ पुगेको छ । कूल संक्रमित संख्या ७ लाख २५ हजार (पीसीआर) र ७२ हजार (एन्टीजेन) पुगेको छ । कूल निको हुने संख्या ६ लाख ७७ हजार पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर