एक मिनेट ढिला पुगेकोमा जापानी प्रधानमन्त्रीले मागे जनतासँग माफी – Nepal Press

एक मिनेट ढिला पुगेकोमा जापानी प्रधानमन्त्रीले मागे जनतासँग माफी

टोकियो । जापानी प्रधानमन्त्री यासिहिदो सुगाले एक शान्ती समारोहमा उपस्थित हुन एक मिनेट ढिला भएकोमा जनतासँग माफी मागेका छन् । उक्त समारोह जापानमा अमेरिकी आणविक बम हमलाको ७६ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको थियो ।

उनले पत्रकारहरुसँग भने, ‘मैले समयको व्यवस्थापन गर्न नसकेकोले ढिला भएकोमा माफि माग्न चाहान्छु’ । जापानी सरकारले उनलाई एक सहयोगीका कारण ढिला उपस्थित हुन पुगेको बताएको छ ।

उनी सोमबार बिहान १० : ४५ मा सुरु भएको समारोहमा १० : ४६ मा पुगेका थिए ।

मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्रिपरिषद सचिव कात्सुनोबु काटोले समारोहको महत्वलाई गम्भिरतापूर्वक लिएर यो घटनालाई फेरी नदोहोरियोस् भनेर चेतावनी समेत दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर