विश्व बरियतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बरियता सुध्रियो – Nepal Press

विश्व बरियतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बरियता सुध्रियो

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको विश्व बरियतामा चार स्थानले सुधार भएको छ । विश्व फुटबलको नियमन निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियता अनुसार नेपाल १६८औं स्थानमा उक्लिएको छ ।

यसअघि १७२औं स्थानमा रहेको नेपालको चार स्थान सुधार भएको हो । नयाँ बरियताअनुसार शीर्ष स्थानमा बेल्जियम छ भने दोस्रो स्थानमा ब्राजिल र तेस्रो स्थानमा फ्रान्स छ ।

युरो २०२० को उपविजेता इङ्ल्यान्ड चौथो स्थानमा रहँदा युरो च्याम्पियन इटाली पाँचौं स्थानमा छ । कोपा अमेरिका २०२१ च्याम्पियन अर्जेन्टिना छैठौं तथा ओलम्पिक २०२० को रजत पदक विजेता स्पेन सातौं स्थानमा छ ।

पोर्चुगल आठौं तथा मेक्सिको नवौं स्थानमा छ भने दशौं स्थानमा अमेरिका छ ।

एसियाली मुलुकको शीर्ष स्थानमा भने जापान छ । विश्व बरियताको २४औं स्थानमा रहेको जापान इरान ९२६०, अस्ट्रेलिया ९३५० र दक्षिण कोरिया ९३६० भन्दा अगाडि छ । सन् २०२२ मा विश्व कप आयोजनाको तयारी गरिरहेको कतार ४२औं स्थानमा छ ।

दक्षिण एसियाली मुलुकको सूचीको शीर्ष स्थानको भारत विश्व बरियताको १०५औं स्थानमा छ । यस्तै अफगानिस्तान १५३औं र माल्दिभ्स १५८औं स्थानमा छन् । दक्षिण एसियाली मुलुकमध्ये भुटान, पाकिस्तान, बंगलादेश र श्रीलंका नेपालभन्दा पछाडि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर