भ्वाइस अफ नेपालका विजेता गजमेरलाई मुख्यमन्त्री राईले दिए बधाई – Nepal Press

भ्वाइस अफ नेपालका विजेता गजमेरलाई मुख्यमन्त्री राईले दिए बधाई

इटहरी । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भ्वाइस अफ नेपाल सिजन- ३ का विजेता किरण गजमेरलाई बधाई दिएका छन् ।

विराटनगरस्थित मुख्यमन्त्री कार्यालय पुगेका गजमेरलाई मुख्यमन्त्री राईले बधाइ दिएका हुन्। सांगितिक कार्यक्रम संचालक कृष्ण कडेल लगायतको समुहमा आएको टोलीसग मुख्यमन्त्रीले भेट गरेको र बधाई दिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचीव नवराज राईले जानकारी दिए।

प्रदेश १ कै झापाको खुदुनाबारी शरणार्थी शिविरमा जन्मेर हाल अमेरिका बस्ने गजमेर भ्वाइस अफ नेपाल सिजन ३ को लागि विगत आठ महिनादेखि नेपाल छन् । उनी नेपालको रियालिटी शोक बिजेता बन्ने प्रथम नेपाली भाषी विदेशी हुन।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *