नेप्सेमा दैनिक नयाँ रेकर्ड, १७ अर्बको कारोबार – Nepal Press

नेप्सेमा दैनिक नयाँ रेकर्ड, १७ अर्बको कारोबार

काठमाडौं । नेप्से परिसूचक आज १६.४१ अंकले बढ्दै ३,१७९ विन्दुमा पुगेको छ । यो विन्दु अहिलेसम्मकै उच्च विन्दु हो । आज कारोबार रकम पनि १७ अर्ब माथि भएको छ ।

आज ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ताको करोबरा हुँदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज विकास बैंकमा उछाल आउँदा यसका शेयर धनीले ६.७ प्रतिशतले मुनफा आर्जन गरे ।

आज ७ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । त्यसमा जलविद्युत कम्पनीका २, विकास बैंकका ४ वटा कम्पनी एउटा बीमा कम्पनीका रहेका छन् । आज सबैभन्दा बढी अपर तामाकोशीको शेयर कारोबार ६२ करोड रुपैयाँ बराबरको भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर