जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु – Nepal Press

जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु

विराटनगर । सुनसरीको कोसी गाँउपालिकामा हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ ।

कोसी गाँउपालिका-४ श्रीपुर गलफलिया टोलका किसान रामानन्द खत्वेको बिहान हात्तीले आक्रमण गर्दा घटना स्थलमै मृत्यु भएको हो ।

स्थानीयका अनुसार बिहान खेतमा काम गर्न जाँदा कोसी टप्पु बन्य जन्तु आरक्ष क्षेत्रबाट आएको जंगली हात्तिले लखटेर खत्वेलाई किचेको थियो ।

हात्तीले किचेर घाइते भएका खत्वेको अस्पताल लाने तयारी गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर