बुधबार ३४ सय कोभिड संक्रमित थपिए, ३० जनाको मृत्यु – Nepal Press

बुधबार ३४ सय कोभिड संक्रमित थपिए, ३० जनाको मृत्यु

काठमाडौं उपत्यकामा ९६४ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३४८१ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार ६५६ नमुना (१० हजार ९०७ पीसीआर र ५७४९ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

बुधबार थप ३० जनाको मृत्यु भएको छ । १८८५ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३८ हजार ३३ जना रहेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताए ।

काठमाडौं उपत्यकामा बुधबार ९६४ जना संक्रमित थपिएका छन् । हिजोभन्दा बुधबार संक्रमित संख्या केही कम भएपनि उच्च संक्रमण दर रहेको प्रवक्ता पौडेलले बताए ।

साउन महीनामा भएको दैनिक परीक्षण दर हेर्दा २० देखि २५ प्रतिशत हारहारीमा छ । कूल संक्रमित ७ लाख ९५ हजार (पीसीआर), ६ लाख ७५ हजार डिस्चार्ज र मृत्यु १० हजार ११९ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर