माओवादीनिकट नेराकसंको राष्ट्रिय समितिमा पदपूर्ति – Nepal Press

माओवादीनिकट नेराकसंको राष्ट्रिय समितिमा पदपूर्ति

काठमाडौं । माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन, विश्वविद्यालय राष्ट्रिय समितिको रिक्त महासचिव पदमा सोलुखुम्बुका लोकेन्द्र आरसी चयन भएका छन् । यसैगरि, उपमहासचिव र सचिवमा क्रमशः प्रकाश सापकोटा र तुलसी दिवस महतारालाई नयाँ जिम्मेवारी दिइएको छ ।

साउन २४ गतेको भर्चुअल बैठकले सो निर्णय गरेको संगठनका अध्यक्ष दिपक तिवारीले बताए । बैठकले नेपाल सरकारले घोषणा गरेको १० दिने पर्यटन भ्रमण बिदा र खर्च विश्वविद्यालयका कर्मचारीहरुले पनि पाउने सुनिश्चितता गर्न सम्बन्धित मन्त्रालयमा ज्ञापनपत्र बुझाउने निर्णय पनि गरेको छ ।

महासचिवको जिम्मेवारी पाएपछि आरसीले सबै विश्वविद्यालयका कर्मचारीहरुको भरलाग्दो पेशागत संगठनका रुपमा यसलाई स्थापित गराउने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर