काबुलबाट सेना फिर्ता गर्नुमा कुनै पश्चाताप छैन : बाइडेन – Nepal Press

काबुलबाट सेना फिर्ता गर्नुमा कुनै पश्चाताप छैन : बाइडेन

९० दिनभित्र राजधानीलाई तालिवानले नियन्त्रणमा लिनसक्ने अमेरिकी आशंका

वासिङ्टन । तालिवानी लडाकुहरुले पुनः कब्जामा लिन थालेपनि अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने निर्णयप्रति कुनै पश्चाताप नरहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

बाइडेनले अफगानी नेताहरुलाई एक भएर देशका लागि लड्न समेत आग्रह गरे । सेप्टेम्बर ११ मा भएको आतंकवादी हमलापछि अमेरिकाले सन् २००१ देखि सैनिक अभियान थालेको थियो तर अहिलेसम्म अधिकांश सैनिक फिर्ता भैसकेका छन् ।

तालिवानले अहिलेसम्म ३४ मध्ये नौवटा अफगानी प्रान्तलाई कब्जामा लिएका छन् र थप नियन्त्रणमा लिने जनाएका छन् । मंगलबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बाइडेनले सेना फिर्ता भएपछि पनि हवाइ सहयोग, सैन्य तलब, खाना तथा उपकरण निरन्तर हुने जनाएका छन् ।

बाइडेनले भने, ‘तर, अफगानीहरु आफ्ना लागि आफै लड्नुपर्छ ।’

अमेरिकी अखबार वासिङ्टन पोस्टले नाम उल्लेख नगर्ने सर्तमा एक अफगानी अधिकारीलाई उध्दृत गर्दै तालिवानीले ९० दिनभित्र राजधानी काबुललाई पनि नियन्त्रणमा लिन सक्ने सैन्य मूल्यांकन रहेको उल्लेख गरेको छ ।

राष्ट्रसंघका अनुसार गत महीना सरकार र तालिवान विद्रोहीबीच भएको भीषण भीडन्तमा १००० भन्दा बढी विद्रोहीको मृत्यु भएको छ । युनिसेफले बालबालिकामाथि दिनानुदिन हिंसामा परिरहेको समेत जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर