एमाले एकताको पक्षमा लागेका नेतालाई बदनाम गराउन खोजिँदैछ : भीम आचार्य – Nepal Press

एमाले एकताको पक्षमा लागेका नेतालाई बदनाम गराउन खोजिँदैछ : भीम आचार्य

काठमाडौं । नेकपा एमालेका सचिव भीम आचार्यले पार्टी एकताको कुरा गर्नेहरूमाथि आक्रमण गर्ने र अनेक आरोप लगाएर बदनाम गर्ने प्रयास भइरहेको बताएका छन् ।

माधव नेपाल समूहबाटै वार्ताकार नेताहरूका नियतमाथि प्रश्न उठाएर केपी ओलीसँग आत्मसमर्पण गरेको आरोप लागिरहेका बेला आचार्यले त्यस्ता आक्रमण र बदनामी गराउने प्रयासबाट हतोत्साहित नहुने बताएका छन् ।

आचार्यले एमाले एकताको पक्षमा ८ बुँदे अपिल जारी गर्दै असार २७ गते भएको १० बुँदे सहमति सम्माजनक पार्टी एकताको मुख्य आधार हो भनेका छन् । उनले छलछाम र जालझेल नगरी १० बुँदे सहमतिलाई टेकेर समस्या हल गर्न सकिने बताएका छन् ।

आचार्यले एमालेका दुवै पक्षमा एकताविरोधी तत्व रहेको भन्दै देशी विदेशी प्रतिक्रियावादी, एमाले फुटाएर सत्तामा जान लालायित भएका प्रतिस्पर्धी शक्तिहरूले एमाले फुटाउने प्रयत्न गरिरहेको आरोप लगाएका छन् ।

आचार्यले फागुन २८ बाट शुरू भएको ओली पक्षको गतिविधि र त्यसको विरुद्ध माधव नेपाल पक्षले गरेका काम कारवाही, सर्त, माग र गतिविधिहरू विभाजनकै पक्षमा प्रकट भइरहेको आशंका गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर