एन्फाका पूर्व प्रवक्ता राई भन्छन्- प्रशिक्षक अनुशासन बाहिर गएका हुन् (भिडियो) – Nepal Press

एन्फाका पूर्व प्रवक्ता राई भन्छन्- प्रशिक्षक अनुशासन बाहिर गएका हुन् (भिडियो)

फुटबल विवाद छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिलाई मंगलबार बयान दिएर बाहिर निस्कने क्रममा पूर्व प्रवक्ता राईले प्रशिक्षकको अभिव्यक्ति अनुशासन भन्दा बाहिर भएको बताएका हुन् ।

एक साताअघि एन्फामा बसेको आकस्मिक कार्यसमितिको बैठकबाट प्रशिक्षक र उपाध्यक्षको घटना छानबिनका लागि एन्फाले खेलकुद मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको थियो ।

सोहीको आधारमा खेलकुद मन्त्रालयले राखेपलाई समिति गठन गरेर छानविन गर्न निर्देशन दिएको थियो । उनले भने, ‘प्रशिक्षकले संस्थाका उपाध्यक्षलाई लगाएको आरोप अनुशासन भन्दा बाहिर गएको जस्तो मलाई लागेको छ, प्रशिक्षकबाट त्रुटी भएजस्तो लाग्छ मलाई ।’ तर एन्फा प्रवक्ता किरण राईले एन्फामा आफ्नै छानबिन, अनुशासन समिति लगायत विषयलाई समाधान गर्न विधानमा उल्लेख भए अनुसार काम नभएको भन्दै तेस्रो पक्षमा छानविन गर्न दिनु गलत नजिर भएको भन्दै पदबाट राजीनामा दिएका थिए ।

यद्यपि, बयानका लागि बोलाइएका प्रवक्ता किरण राईले सत्य तथ्य, कुनै पनि पक्षमा नलाई, आफ्नो दृष्टिकोणमा जे सही थियो सोही बयान दिएको बताए ।

एन्फाका पूर्व प्रवक्ता राईले भने, ‘एन्फामा आफ्नै छानबिन, अनुशासन समिति लगायत विषयलाई समाधान गर्न विधानमा उल्लेख भए अनुसार काम भएन, तेस्रो पक्षमा छानविन गर्न दिनु गलत नजिर हो ।’

छानविन समितिले मंगलवार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग पनि बयान लिएको थियो । समितिले घटनामा संलग्न प्रत्यक्ष तथा अप्रत्यक्ष गरी १४ जनासँग बयान लिने सूची तयार पारेको छ । सूचीमा घटनामा प्रत्यक्ष संलग्न वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षक पनि रहेका छन् ।

प्रशिक्षक अलमुताइरि भने पोखरामा रहेका छन् । मन्त्रालयको निर्देशन अनुसार राखेपले बोर्ड सदस्य पुरेन्द्र विक्रम लाखे संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिलाई ७ दिनभित्र छानबिन प्रतिवेदन बुझाउन खेलकुद मन्त्रालयले निर्देशन दिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर