‘अब नयाँ कम्युनिष्ट पार्टी बन्छ, विष्णु पौडेल र सुवास नेम्वाङले माधव नेपालको साथ छाड्न पाउँदैनन्’ – Nepal Press

‘अब नयाँ कम्युनिष्ट पार्टी बन्छ, विष्णु पौडेल र सुवास नेम्वाङले माधव नेपालको साथ छाड्न पाउँदैनन्’

जगन्नाथ खतिवडा भन्छन्- हाम्रा वार्ताकार नेता कक्रक्क भए, समान अध्यक्ष बटमलाइन

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले अब एकताको सम्भावना अन्त्य भएको निष्कर्ष निकालेको छ । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकबाट विधान संशोधनसहित संगठनात्मक गतिविधि अघि बढाएपछि उनले एकता नचाहेको प्रष्ट भएको नेपाल पक्षको दावी छ ।

नेपालनिकट पोलिटब्यूरो सदस्य जगन्नाथ खतिवडाले ओलीकै कारण अब एकताको अध्याय समाप्त भएको बताए । उनले कम्युनिष्ट पार्टीको पुनर्गठन गर्दै अब नयाँ ढंगबाट अघि बढ्नुपर्ने बाध्यता माधव नेपालमाथि आइपरेको बताए ।

नेपाल प्रेससँग कुरा गर्दै नेपालनिकट नेता खतिवडाले पार्टीमा सम्मानजनक एकता र सबै कार्यकर्ताको सुरक्षाका लागि समान हैसियतसहितको अध्यक्ष माधव नेपाललाई बनाउने सहमति ओलीले नमानेपछि अब नयाँ कम्युनिष्ट पार्टी गठनको विकल्प नरहेको बताए ।

उनले समान हस्ताक्षरसहितको अध्यक्ष बनाउने प्रस्ताव लिएर जाने विष्णु पौडेल, सुवास नेम्वाङ, भीम रावल र सुरेन्द्र पाण्डेले अब माधव नेपाललाई धोका दिए राजनीतिक बेइमान ठहरिने चेतावनी दिए ।

खविडाले नेपाल प्रेससँग यसो भने

एमाले एकताको लागि पहिलो कुरा सबैभन्दा महत्वपूर्ण हतियार भनेको संयुक्त हस्ताक्षरले समान बिजयको भाव देखाउँथ्यो । दोस्रो कार्यकर्तालाई भेदभावको नियन्त्रण गर्नेलाई हतियारको काम गर्थ्यो । तेस्रो साझा सहमतिमा काम गर्न र सहमतिको निर्णयमात्र गर्न बाध्य पार्थ्यो । महाधिवेशनसम्म सहमतिको निर्णय गर्दा हाम्रो दूरी पनि घट्दै जान्थ्यो । त्यो कुराको लागि हामीले संयुक्त हस्ताक्षर भनेको हो । तर, केपी ओलीले यो कुरा मान्नु भएन भनेपछि कुरा सकियो ।

अब दुइटा चुनौती छन् । अब वार्ता कार्यदलका खासगरी चारजना नेताहरूमाथि चुनौती छ । उताबाट विष्णु पौडेल र सुवास नेम्वाङ, यताबाट भीम रावल र सुरेन्द्र पाण्डे ।

यी चारजनाले माधव नेपाललाई पूर्ण विश्वस्त गराउनुभएको थियो । । संयुक्त हस्ताक्षर पनि प्रमाणीकरण हुन्छ, तपाईंलाई समान हैसियतको अध्यक्ष पनि बनाइन्छ भनेर ढुक्क बनाउनुभएको थियो । । हामीले पनि यो बटमलाइन बनाएका थियौं । त्यो आधारभूमि बटमलाइन थियो ।

तर, अब विष्णु पौडेल, सुवास नेम्वाङ, भीम रावल र सुरेन्द्र पाण्डेलाई ठूलो नैतिक संकट छ । यदि उहाँहरूसँग साँच्चिकै राजनीतिक नैतिकता छ भने माधव नेपालको साथ छाड्नु हुँदैन । किनकी समान हैसियतको अध्यक्षको प्रस्ताव यी चार नेताहरूको थियो, माधव नेपालको प्रस्ताव होइन ।

माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव सुवास र विष्णुको हो । केपी ओलीले सहमति र स्वीकृति दिएको कुरा हो । कहिले झलनाथ, कहिले वामदेव भन्नुभयो माधव नेपालले, तर आफू हुनुपर्छ भन्नुभएन । यस हिसाबले यी चार नेताले माधव नेपाललाई छाडे भने राजनीतिक बेइमानको रूपमा दर्ज हुनुहुनेछ ।

अर्को कुरा केपी ओलीले सबै ढोका बन्द गर्नुभयो । हाम्रो वार्ता कार्यदल यो भन्दा निराश हुने ठाउँ छैन । कि त वार्ताकार नेताहरू भूलभलैयामा थिए, केपी ओलीले एक-एकवटा मायाजाल बिछ्याएका थिए । सबै भ्रमबाट मुक्त भए, केपी ओली एकता चाहँदैनन् ।

केपी ओली सय प्रतिशत उनका समर्थक बनाउन चाहानुहुन्छ । उहाँको बटमलाइन आफ्नोमात्र चल्ने पार्टी बनाउने हो । हाम्रो एकताको आधार संयुक्त हस्ताक्षरसहितको एकता हो । अब अगाडि कसरी अगाडि बढ्ने भन्ने हो ।

केपी ओलीले कस्तो पार्टी बनाउन चाहानुहुन्छ भन्ने उहाँको  विधान हेरेपछि देखिन्छ । आफूलाई सधैंभरि स्तुती गान गाइरहने,आफूले जतिबेला पनि पजनी गर्न पाइरहने,कसैले आलोचना गर्न नपाइने पार्टी बनाउन चाहानुहुन्छ भन्ने देखिन्छ । हिजो पार्टीको लोकतान्त्रीकरण भन्ने ओली अब तानाशाही तरिकाले पार्टी चाहानुहुन्छ।

अब केपी ओली यस हिसाबले राष्ट्रपतीय शासन प्रणालीमा जान बाध्य हुनुहुन्छ । पार्टीमा एकल नेतृत्व हो भने त्यही मोडलको प्रत्यक्ष निर्वाचिन राष्ट्रपतीय प्रणालीमा जान बाध्य हुनुहुन्छ।

ओलीले जो-जो आउँछन् समेट्ने, नआउनेलाई घर-घरमा लिन गइदैन भन्नुभएछ । । पहिलो कुरा केपी ओलीको विषालु चकलेट खाइँदैन । हामी मान्यताको राजनीति गर्छौं भनेर लागेका छौं । जाने कोही छ भने व्यक्तिको स्वतन्त्रताको कुरा हो । कसैलाई रोकिँदैन ।

केपी ओलीका मान्छेहरू पनि हामीसँग आउन सक्छन्, हाम्रो मूल्य मान्यता मन परेपछि । तर, अब पार्टी पुनर्गठनको गर्नुको विकल्प हामीसँग छैन । विचारमा, राजनीतिमा र संगठनमा तीनै ठाउँमा पुनर्गठन गरेर नयाँ धारको नयाँ ढाँचाको, बढी जनतालाई केन्द्रविन्दु बनाएको नयाँ कम्युनिष्ट पार्टी आजको मुलुकको आवश्यकता हो । हामी त्यो दिशामा जानुपर्छ भन्ने निष्कर्ष हो ।


प्रतिक्रिया

7 thoughts on “‘अब नयाँ कम्युनिष्ट पार्टी बन्छ, विष्णु पौडेल र सुवास नेम्वाङले माधव नेपालको साथ छाड्न पाउँदैनन्’

  1. ज-जसले राजनीतिक गद्दारी गरेर सरकारबाट केपी ओलीलाई हटाउन एक वर्षदेखि प्रयास गरिरहे तिनैले संसदमा केपी ओलीलाई वैशाख २७ गते विश्वासको मत दिएनन्। तिनकै कारणले अहिले शेरबहादुर देउवा प्रम बन्न पाएका छन्। तर ति पात्रहरूले आफ्नो गद्दारीको ढाकछोप गर्न संविधान र लोकतन्त्रको बर्को ओढेर जनमन भ्रमित पार्न खोज्दैछन्। तिनले छर्न खोजेको भ्रमलाई बुर्जुवा मिडियाले बजारीकरण गरेर सहयोग गरिरहेका छन्। पार्टीका लागि गद्दार र दक्षिणपन्थीका मतियारहरूबाट नेपालको प्रगतिशील लोकतान्त्रिक आन्दोलन अर्थात #जबज लाई जोगाउने होभने वैचारिक र व्यावहारिक रूपमा एमालेको संस्थापन पक्ष पनि स्पष्ट र इमानदार हुनैपर्छ। अन्यथा नेपालको प्रगतिशील लोकतान्त्रिक आन्दोलन अनि राष्ट्रिय स्वाभिमान र सम्वृद्धिको अभियान झन कमजोर हुनेछ। [२६ भदौं २०७८]
    लाल ग़द्दार मुर्दावाद!

  2. हाँसो लाग्ने कमेण्ट जबजको कुरा गर्ने अर्को तिर निरंकुश तानाशाहिको काम गर्ने एक ब्यक्ती नै सर्बेसर्ब हुनु पर्ने कस्तो खाल्को जबज हो महाशय ?

  3. बकवास । ४ महिनासम्म जेठ २ काे राेइलाे के हने त ? सांसदमा हनरेर प्रधानमन्त्री चाहिने अनि अध्यक्षमा हारेर समान अधिकारकाे अध्यक्ष चाहिने, आफुलाई नै जीवनभरी नेतृत्व प्राप्त नभएमा आकाश खस्न लागेकाे प्रचार गर्ने तथा सरकार निर्माण जस्तो दलीय व्यवस्थाकाे आधारभूत विषयमा प्रमुख विपक्षी शक्तिकाे नेतालाई हाकाहाकी मतदान गर्ने महामानवका भक्तहरुले नै मानयताकाे राजनीति गर्छन् । यत्ति सुनेर/पढेर कान र आँखालाई पबित्र बनाउनु थियाे, पूरा भयाे ।

  4. यस्ताले नि अझ विधि पद्धति का कुरा अलाप्ने ? महाधिवेशन मा हार्ने ! बिचमा नै बराबर हैसियत चाहियो रे ! कठै यिनका तर्क ? दुनियालाइ मजाक बनाइरहेका छन ।अब आज भोलि मै बिदा भए हुन्छ अति भयो ।

  5. जवज र नेकपा एमाले अध्यक्ष वलि कमरेडको गतिविधि स्थानीय स्तरमा रहेका हामीले अध्यायन नगरेका होईनौ । यद्यपि दुवै कमरेडका गतिविधिमा दम्भ, घमण्ड र वलिको तानाशाह प्रवृतिले हामी बाटो हराएको मान्छे बनाएको छ । दुई तिहाई जनमत सित्तैमा आएको थिएन, केन्द्रीय ध्रुव आपसमा विपरित भैदिंदा प्यारा नेता मनमोहन र मदनले देखाएको बाटोमा अलमल र अन्धो बनाउनु भएको छ । तल्ला वर्गका कार्यकर्ताको सुनुवाई सम्म वलीले गर्नु भएन ।माधव कमरेडले वुर्कुसी मारेर हतार देउवालाई प्र.म.बनाउनु पर्ने किन? पार्टी भित्र बसेर अन्तरसंघर्ष गर्न किन सक्नु भएन?
    यावत् कुराहरुले हामी आस्थावानलाई अमुक मात्र बनाउनु भएन कि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा समेत लज्जा थप्नुभयो ।
    हाम्रो आग्रह छ आगामी दिन एक अर्कालाई प्रतिशोध गरेर होइन, आ-आफ्ना गल्ती आत्मआलोचना गर्नुहोस्, सम्मानजनक व्यवहार गर्नुह‍ोस, एकतावध्द रुपमा हाम्रो पार्टी नेकपा एमाले बनेर आउनुहोस् ,स्वागत हुनेछ, हामीलाई मत बहिष्कार गर्न वाध्य नबनायोस् ।

  6. अब श्रद्धेय बरिस्ठ नेता माधव कुमार नेपालज्युले बनाउने नयां पार्टीमा कतीजाना समान हैसियतका अध्यक्ष हूँछन त्यो चाँडई हेर्न पाईयोस ।
    कसैले कसैको बतख़्वाइँ नगरी जसलाई जूनसमूहमा जान मनलागछ त्याहिं गएर ईमानदारी साथ देशको लागी काम गर्नु राम्रोकी एकले ऑर्कोलाई संधैभरी, सबैलाई दिक्कलाग्ने गरी गालीबेजती गरीरहनु राम्रो बिचार गरौं नेताजीहरू ।
    अब अतिभो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर