राजनीतिक कुरा गर्दिनँ भन्दै माधव नेपालले भने- ओलीको टाङमुनि छिर्ने छैनौं – Nepal Press

राजनीतिक कुरा गर्दिनँ भन्दै माधव नेपालले भने- ओलीको टाङमुनि छिर्ने छैनौं

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू दृढतापूर्वक अगाडि बढ्ने र कसैको टाङमुनि नछिर्ने बताएका छन् ।

हालै एमबीबीएसको प्रवेश परीक्षामा सामुदायिक स्कूलबाट पहिलो नम्बरमा नाम निकाल्न सफल आशिक झालाई बधाई दिने कार्यक्रममा आफूले राजनीतिको कुरा नगर्ने बताए ।

तर, लगत्तै नाम नलिइकन आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलक्षित टिप्पणी गर्दै भने, ‘हामी दृढताका साथ अगाडि बढ्नेछौं । कसैको टाङमुनि छिर्ने छैनौं । अध्याँरो सुरुङमा छिर्नेवाला छैनौं । तानाशाही प्रवृत्तिसँग झुक्ने छैनौं ।’

नेता नेपालले कर्णालीमा प्रदेशसभा सदस्य पद गुमेका आफूपक्षीय नेताहरूलाई फेरि जिताएर ल्याउने दावी गरे । उनीहरूले बहादुरी देखाएको नेपालको टिप्पणी छ ।

‘कर्णालीका साथीहरुले बहादुरी देखाउनु भयो, कायरता देखाउनु भएन’, उनले भने, ‘उहाँहरुले जितेको पद खोसिएको छ, अब पार्टी सदस्यता पनि खोसियो भने, त्यहाँ फेरि चुनाव भयो भने उहाँहरूलाई जिताएर ल्याउने जिम्मा मेरो भयो।’

बहादुरी भएकाहरुको मात्र कदर हुने र कायरहरुलाई ठाउँ नभएको उनको टिप्पणी छ ।


प्रतिक्रिया

2 thoughts on “राजनीतिक कुरा गर्दिनँ भन्दै माधव नेपालले भने- ओलीको टाङमुनि छिर्ने छैनौं

  1. जनता ले दिएको अमुल्य मत काे नराम्ररी दुरुपयोग गरेकाछाै,तेसकाे हिसाबकिताब अवश्य जनता ले गर्ने छन् ,तिमी कतिसम्म निकम्मा रछाै भन्ने कुरा तिम्रो चरित्र ले देखाइसकेकाेछ।अाफ्नै पार्टी माथि तिमिले गरेको षड्यन्त्र त्यो गम्भीर अपराध थियो ।

  2. केही मान्छे यस्ता हुन्छ कि, जुन जुन प्रसँग उठाएर त्यो हुँदैन भन्छन वास्तबमा आँफै त्यसमा संलग्न हुन्छन, जे जे भनेर अरुलाई सराप्छन ती सबै आफ्नै बिसेसण बकेका हुन्छन !!
    माकुनेका कुरा सबै त्यस्तै !!
    पार्टी फुट्दैन भनेर पहिलो दिन बाट ओकल्ने माकुने, फुटाउने आँफै !!
    बिधी, सिद्दान्त, निस्ठा र नैत्कता अझ कम्युनिस्ट आचरण अनी कुन कुन पन्थका कुरा, अनी माकुनेको आफ्नै आचरण !?
    ‘ओलिको टाङ मुनी छिर्दिन’ अनी प्रचन्ड – देउवाको टाङ मुनी छिरिसकेको आँफै हैन !?
    राजनीतिक मान्छेले त राजनीतिक भाषा बोले हो नि हैन !?
    राजनीतिको एउटा साह्रै कडा दुर्गन्ध, नाक कान मुख सबै थुन्दा नि बच्नै नसकिने !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर