भुपू गोर्खा सैनिकको आमरण अनशनमा लन्डन प्रहरीको बल प्रयोग (भिडियो) – Nepal Press

भुपू गोर्खा सैनिकको आमरण अनशनमा लन्डन प्रहरीको बल प्रयोग (भिडियो)

काठमाडौं । समान पेन्सनको माग गर्दै आमरण अनसनमा उत्रिएका बेलायती सेनामा कार्यरत भूपु गोर्खा सैनिकको अनसन कार्यक्रममा बेलायती प्रहरीले हस्तक्षेप गरेको छ ।

शनिबारदेखि आमरण अनसन बस्न थालेका भूपु गोर्खाली सैनिकलाई उक्त थलोबाट हटाउन बेलायती प्रहरीले बल समेत प्रयोग गरेको छ । अनसनको नेतृत्व गरेका ज्ञानुराज राईलाई प्रहरीले धकेलाधकेल गर्दै हट्न चेतावनी समेत दिएको छ ।

रिले अनसनको दुई साता पुगेपनि मागको सुनुवाइ नभएको भन्दै भूपु सैनिकले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको कार्यालयअघि शनिबारदेखि आमरण अनसन थालेका हुन् ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले गोर्खाली सैनिकको माग सम्बोधनका लागि कूटनीतिक पहल थाल्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । एनआरएन टोलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भुपू गोर्खाको माग गर्न पहल गर्ने बचन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर