सफाइ पाएका एसिड व्यापारीविरुद्ध पुनरावेदन गर्ने सरकारी वकिलको तयारी – Nepal Press

सफाइ पाएका एसिड व्यापारीविरुद्ध पुनरावेदन गर्ने सरकारी वकिलको तयारी

जनकपुरधाम । एसिड बिक्री गरेका व्यापारीलाई जिल्ला अदालत धनुषाले सफाइ दिएपछि सरकारी वकिलको कार्यालयले पुनरावेदनको तयारी गरेको छ ।

जनकपुरकी आरती साहमाथि एसिड प्रहार गर्ने उनकै श्रीमान् संजिव साहलाई अदालतले सोमबार दोषी ठहर गर्‍यो । तर, संजिवलाई एसिड बेच्ने निखिल स्टोर जनकपुरका संचालक नागेन्द्र साहले भने सफाइ पाएका छन् । न्यायाधीश कृष्ण मुरारी सिवाकोटीको एकल इजलासले नागेन्द्रलाई सफाइ दिएको हो ।

साहलाई सफाइ दिएपछि एसीडपीडित पीडित आरती साहले आज अदालतमै पुगेर फैसला गर्ने न्यायाधीशमाथि घुस खाएको आरोप लगाएकी छन् । अदालतमा होहल्ला गरेपछि प्रहरीले आरतीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय लगेको छ ।

आरतीले न्यायाधीशमाथि घुस खाएको आरोप लगाएपछि सरकारी वकिल कार्यालयका मुख्य जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले पुनरावेदन गर्ने बताए । उनले भने, ‘एसिड बेच्ने नागेन्द्र साह सफाइ पाएकाको हकमा फैसला तयार भएर आएलगत्तै पुनरावेदन गर्छौं ।’

गत कात्तिक २९ गते दीपावलीकै दिन जनकपुरधाम ७ स्थित डेरागरी बसेकी आरतीमाथि श्रीमान् सञ्जिवले एसिड प्रहार गरी भागेका थिए । प्रहरीले २४ घण्टा नबित्दै उनलाई पक्राउ गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर