काठमाडौंको निषेधाज्ञा १३ दिन थपियो, बेलुका ८ बजेदेखि निजी तथा सार्वजनिक सवारीसाधन चल्न नपाउने – Nepal Press

काठमाडौंको निषेधाज्ञा १३ दिन थपियो, बेलुका ८ बजेदेखि निजी तथा सार्वजनिक सवारीसाधन चल्न नपाउने

काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्मको लागि लम्बिएको छ ।

आज बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले थप कडाइ गर्दै निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

नयाँ आदेश अनुसार अत्यावश्यक बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधनहरु बेलुका ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने भएको छ । ८ बजेपछि निजी तथा सार्वजनिक सवारी साधन चल्न पाउनेछैनन् ।

स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म संचालन गर्न पाउने निर्णय समेत भएको छ । साउन २७ गतेसम्म पहिलेकै निषेधाज्ञा कायम छ भने नयाँ आदेशहरु साउन २८ गतेदेखि लागू हुनेछन् । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर