एनआरएनद्वारा प्रधानमन्त्रीलाई नागरिकता विधेयकबारे ध्यानाकर्षण – Nepal Press

एनआरएनद्वारा प्रधानमन्त्रीलाई नागरिकता विधेयकबारे ध्यानाकर्षण

प्रधानमन्त्रीले भने : गोर्खा सैनिक र नागरिकता समस्याबारे टुंगो लाग्छ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)ले संसदमा विचाराधिन नागरिकता विधेयकबारे प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री देउवालाई मंगलबार भेट् गर्दै एनआरएनको डेलिगेसन टोलीले उक्त आग्रह गरेको हो । सत्तारुढ गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिलाउने बारे उल्लेख भएपछि एनआरएनले देउवालाई भेटेको हो ।

संघका अध्यक्ष कुमार पन्तका अनुसार कोरोना महामारीले प्रभावित श्रमिकको उद्दार, नेपाल ल्याइएका श्रमिकको पुनस्र्थापना र राहत कार्यक्रम ल्याउन पनि एनआरएनले सरकारलाई आग्रह गरेको छ । आगामी अक्टोबर १० मा हुने अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनमा प्रधानमन्त्रीको आतिथ्यताको लागि पनि एनआरएनले आग्रह गरेको छ ।

अध्यक्ष पन्तका अनुसार भेटमा प्रधानमन्त्रीले यथाशक्य छिटो नागरिकता, ब्रिटिस गोर्खाको समस्या समाधान, श्रमिकको लागि राहत कार्यक्रम कार्यान्वयन गर्नेबारे प्रतिबद्धता जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर