अमेजनले सन् २०२२ अगाडि कर्मचारीलाई अफिसमा नबोलाउने – Nepal Press

अमेजनले सन् २०२२ अगाडि कर्मचारीलाई अफिसमा नबोलाउने

काठमाडौं । कोभिड फैलने क्रम नरोकिएको भन्दै अमेजन कम्पनीले आफ्ना अमेरिकी कर्मचारीलाई सन् २०२२ अगाडि कार्यालय नफर्कन निर्देशन दिएको छ ।

अनलाइन सपिङमा विश्वचर्चित यो कम्पनीले यसअघि ७ सेप्टेम्बरसम्म कर्मचारीलाई कार्यालय नफर्कन भनेको थियो । तर, यो अवधि लम्बाएर ३ जनवरी २०२२ सम्म पुर्‍याइएको छ ।

पछिल्ला केही महीनामा अमेरिकामा कोभिड-१९ संक्रमण व्यापकरुपमा फैलिएपछि अमेजनले यस्तो निर्णय लिएको हो । अन्य दुई अमेरिकी वाणिज्य संस्थाहरु वेल्स फार्गो र ब्ल्याकरकले पनि आफूले यस्तो अवधिलाई लम्ब्याउने तयारी गरिरहेको बताएका छन् ।

‘स्थानीय स्तरमा कोभिड संक्रमणको अवस्थालाई हामीले हेरिरहेका छौं । कर्पोरेट कर्मचारीका लागि हामीले गाइडलाइनलाई निरन्तरता दिने निर्णय गरेका छौं’ अमेजनले भनेको छ ।

अमेजनको यो नीति चाहिँ प्राविधिक र कर्पोरेट कर्मचारीको हकमा मात्र लागू हुनेछ तर, डेलिभरी कर्मचारी र अन्य स्टाफमा चाहिँ लागू हुनेछैन । तर, विदेशमा रहेका कर्मचारीबारे अमेजनले केही उल्लेख गरेको छैन ।

अमेरिकी खोप अभियानमा देखिएको सुस्तताको कारण समस्या सिर्जना भैरहेको छ र जसअनुसार सोहीअनुसार निर्णय गर्न कम्पनीहरुलाई दबाब परिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर