एमालेमा उपाध्यक्षको संख्या घट्यो, सचिवको बढ्यो- ३३ प्रतिशत महिला अनिवार्य – Nepal Press

एमालेमा उपाध्यक्षको संख्या घट्यो, सचिवको बढ्यो- ३३ प्रतिशत महिला अनिवार्य

काठमाडौं । नेकपा एमालेले उपाध्यक्षको संख्या ५ बाट घटाएर दुईमा झारेको छ । त्यस्तै सचिवको संख्या बढाएर ७ पुर्‍याएको छ ।

केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरिएको विधान संशोधन मस्यौदामा अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सातजना सचिव रहने गरी पार्टीका पदाधिकारी राख्ने व्यवस्था भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

सचिवमा समावेशी कोटासमेत राखिने भएको छ । एमालेमा अब पोलिटव्यूरो र सानो संख्याको सचिवालय बनाइने ज्ञवालीले बताए ।

अब एमालेमा अध्यक्षबाहेकका पदाधिकारी केन्द्रीय कमिटीले चयन गर्नेछ । सबै तहका कमिटीमा महिलाको ३३ प्रतिशत सुनिश्चितता विधानले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर