सोमबार ३६ सय कोभिड बिरामी थपिए, २२ जनाको मृत्यु – Nepal Press

सोमबार ३६ सय कोभिड बिरामी थपिए, २२ जनाको मृत्यु

काठमाडौं उपत्यकामा ९५९ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३६५१ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ५९४ नमुना (६१४९ एन्टीजेन र १०४४५ पीसीआर) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोमबार थप २२ जनाको मृत्यु भएको छ । १७८४ जना निको भएका छन् । १ लाख ४५ हजार जनाले पछिल्लो २४ घण्टामा कोभिडविरुद्धको खोप लगाएका छन् ।

सक्रिय संक्रमित संख्या ३६ हजार २८८ छ ।

सोमबार काठमाडौं उपत्यकामा ९५९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ६२४, ललितपुरमा १६५ र भक्तपुरमा १७० जना संक्रमित थपिएका छन् ।

कूल संक्रमित संख्या ७ लाख १७ हजार पुगेको छ । कूल मृत्यु १० हजार ११५ पुुगेको छ । मृत्युदर बढेर ५.०६ प्रतिशत पुगेको छ । २६ लाख भन्दा बढीले पूर्ण डोज खोप लगाइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर