एनआरएन सिंगिङ आइडल-२०२१ का अन्तिम २५ प्रतिस्पर्धीको घोषणा (सूचीसहित) – Nepal Press

एनआरएन सिंगिङ आइडल-२०२१ का अन्तिम २५ प्रतिस्पर्धीको घोषणा (सूचीसहित)

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरनए)ले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ का अन्तिम २५ प्रतिस्पर्धी छानिएका छन् । ती पतिस्पर्धी भर्चुअल माध्यमार्फत आयोजना गरिएको ‘गाला राउन्ड’ बाट छानिएका हुन् ।

२५ जना उत्कृष्ट प्रतिस्पर्धीहरूमा युवराज गुरुङ (क्यानडा), बीबी मल्ल ठकुरी (कुबेत), नरेन्द्र मल्ल (कतार), सन्देश गुरुङ (अमेरिका), गोविन्द गुरुङ (कतार), आकाश न्यौपाने (जापान), देवकी न्यौपाने खत्री (युएई), कविता आरबिएम (युएई), वामदेव भाट (बहराइन), सुरेन घताङ ‘शिव’ (कोरिया), अभिषेक भण्डारी (अष्ट्रेलिया), किशोर लम्साल (कतार), रञ्जीता गोदार (अष्ट्रेलिया) रहेका छन् ।

त्यसैगरी, कपिल पाइजा पुन मगर (आयरल्याण्ड), सागर विश्व सेञ्चुरी (कुबेत), दीपेश सिग्देल (नर्वे), राधिकाकुमारी गोले (कोरिया), रामचन्द्र राई (कतार), अमित बिष्ट (युएई), कृष्ण खबास (युएई), प्रतिक सिडब्ल्यूए परियार (बहराइन), सतिश थापा (कतार), रेशु स्याङ्दान (बहराइन), निशान्तकुमार विश्वकर्मा (कतार) र अभिषेक लकान्द्री (अमेरिका) उत्कृष्ट २५ मा परेका छन् ।

निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत ४० प्रतिशत अंकको आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्दछन् । विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रोले चार लाख रुपैयाँ, तेस्रोले दुई लाख रुपैयाँ, चौथोले एक लाख रुपैयाँ र पाँचौंले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *