निफ्राले दुई ‘स्काई वाक टावर’ निर्माण लगानी गर्ने – Nepal Press

निफ्राले दुई ‘स्काई वाक टावर’ निर्माण लगानी गर्ने

काठमाडौं । नेपाल पूर्वाधार बिकास बैंक निफ्राले काठमाडौंको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो ‘स्काई वाक टावर’ परियोजनाहरु निर्माण र संचालनका लागि कर्जा लगानी गर्ने भएको छ ।

वोन्डर्स ग्रुपको निर्माणाधीन कमलादी स्थित ‘स्काई वाक टावर’७८ मिटर उचाई को हुने र उक्त टावरमा योगा स्थल, रेस्टुरेन्ट लगायतका मनोरञ्जनात्मक क्रियाकलापहरुको लागि व्यवस्था सहितको पूर्वाधारहरु रहने छन् ।

यसै गरि धनकुटाको भेडेटारमा निर्माणाधीन ‘स्काई वाक टावर सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत निर्माण गर्न लागिएको हो र प्रदेश १ को मुख्य पर्यटकीय नगरीको रुपमा परिचित भेडेटारमा थप आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन यसले मद्दत गर्ने विश्वास लिएको छ ।

बैंकले दुईवटै परियोजनाहरु निर्माणका लागि ६७ करोड ५० लाख बराबरको कर्जा सीमा स्वीकृत गरेको छ ।नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र परियोजनाको तर्फबाट अध्यक्ष प्रबेन्द्र पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर