खोप नलगाउनेलाई प्रवेशको अनुमति नदिने अमेरिकाको तयारी, नियम लागू गर्नुपर्ने दबाबमा बाइडेन प्रशासन – Nepal Press

खोप नलगाउनेलाई प्रवेशको अनुमति नदिने अमेरिकाको तयारी, नियम लागू गर्नुपर्ने दबाबमा बाइडेन प्रशासन

वासिङ्टन । कोरोनाभाइरसविरुद्धको खोप नलगाउने व्यक्तिहरुलाई अमेरिकाले प्रवेश अनुमति नदिने तयारी गरिरहेको छ । न्यूयोर्क टाइम्सका अनुसार बाइडेन प्रशासनले पूर्णरुपमा भ्याक्सिन लगाएका विदेशी पर्यटकहरुलाईमात्र अमेरिका प्रवेश दिने नियमको तयारी गरिरहेको उल्लेख गरेको छ ।

प्रकाशित समाचार अनुशार बाइडेन प्रशासनले केही अपवादबाहेक सबै विदेशी पर्यटकहरुलाई पूर्णरुपमा भ्याक्सिन लगाएको प्रमाणपत्र पेश गरेमामात्र अनुमति दिने तयारी गरिरहेको हो ।

तर, कहिलेदेखि यो नयाँ नियम कार्यान्वयनमा आउनेछ भन्नेबारे अधिकारीहरुले केही बताएका छैनन् । अमेरिकामा खोप लगाउनेको संख्या जम्मा ५० प्रतिशत पुगेको छ जुन अपेक्षाभन्दा निकै कम हो । खोप लगाउने दर वृद्धि गर्न बाइडेन प्रशासनलाई निकै दबाब परिरहेको छ ।

साथै, बेलायत र क्यानडाबाट त्यहाँको जानेको सन्दर्भमा प्रतिबन्ध खुकुलो बनाउन दवाव परिरहेको छ । ह्वाइट हाउसले अहिलेका प्रतिबन्धहरु तत्कालै हटाइने सम्भावना नरहेको बताएका छन् । विश्व स्वास्थ्य संगठनले भेरिएन्ट अफ कन्सर्नको सूचीमा राखेको डेल्टा भेरिएन्ट अहिले अमेरिकामा तीव्ररुपमा फैलिइरहेको छ ।

ह्वाइट हाउसका अधिकारीहरुले बताए अनुसार अमेरिका जाने विदेशी पर्यटकलाई खोप लगाउने अनिवार्यको तालिका अहिलेसम्म बनाइएको छैन । तर चरणबद्ध रुपमा नियमहरु लागु गर्दै जाँदा उक्त नियम लागु गर्ने योजनामा ह्वाइटहाउस रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर