हाइड्रोपावरमा उछाल आउँदा, १४ अर्बको करोबार – Nepal Press

हाइड्रोपावरमा उछाल आउँदा, १४ अर्बको करोबार

काठमाडौं । नेप्से परिसूचक कारोबारको दोस्रो दिन पनि झिनो अंकले मात्र बढेको छ । आज १।५४ अंकले बढ्दै ३,१०९.६७ विन्दुमा रोकिएको छ । आइतबार पनि नेप्से १ अंकभन्दा कमले बढेको थियो ।

नेप्से परिसूचक झिनो अंकले बढेपनि कारोबार रकम भने उत्साह जनक नै छ । २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ताको किनबेचमा १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज हाइड्रोपावर कम्पनीको शेयर कारोबारमा उछाल आएको छ । हाइड्रोपावर र फाइनान्स कम्पनीका शेयर मूल्य ३.३५ प्रतिशतले बढेको छ । आज सात वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

अरुणभ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी, अपर तामाकोशीको कारोबार ५८ करोड रुपैयाँ बराबरको भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर