अघि बढ्यो एमाले, स्थायी कमिटीलगत्तै केन्द्रीय कमिटी बैठक बस्दै (तस्बिरहरू) – Nepal Press
अघि बढ्यो एमाले, स्थायी कमिटीलगत्तै केन्द्रीय कमिटी बैठक बस्दै (तस्बिरहरू)
फोटो फिचर
नेपाल प्रेस २०७८ साउन २५ गते ११:४९
२०७८ साउन २५ गते ११:४९

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक शुरू भएको छ । दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे छलफल गर्न स्थायी कमिटी बैठक बसेको हो ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा जारी बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन् ।

विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न आजको बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थायी कमिटीले विधान मस्यौदा प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीमा पेस गर्ने र सो प्रस्ताव साउन २७ भित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाइनेछ ।

भदौ २७ र २८ गते एमालेको विधान महाधिवेशन तोकिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने बैठक रोक्न माग गरिरहेको बेला संगठनका काम कारवाही नरोकिने भन्दै एमाले संस्थापन पक्षले गतिविधि जारी राखेको हो ।

 
 

 
 
 
 

 

तस्बिरहरू : सरोज बैजु ।