एमालेको केन्द्रीय कमिटी बैठक सर्‍यो, बैठक रोक्न माधव नेपालको माग – Nepal Press

एमालेको केन्द्रीय कमिटी बैठक सर्‍यो, बैठक रोक्न माधव नेपालको माग

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सरेको छ । भोलि बोलाइएको बैठक एकदिन पर सारिएको छ।

विधान मस्यौदामा छलफल नसकिएकाले बैठक सारिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले नेपाल प्रेसलाई जानकारी दिए। तुलसीलाल स्मृति भवनमा २५ गते बिहान ११ बजे स्थायी कमिटी र दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठक बस्ने छ।

वरिष्ठ नेता माधवकुमार नेपालले भने बैठक रोक्न माग गरेका छन्। बैठक नरोके एमाले एकता नहुने उनको चेतावनी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर