प्रधानमन्त्री देउवालाई बंगलादेशमा अध्ययनरत मेडिकल विद्यार्थीले बुझाए ७ बुँदे ध्यानाकर्षण पत्र – Nepal Press

प्रधानमन्त्री देउवालाई बंगलादेशमा अध्ययनरत मेडिकल विद्यार्थीले बुझाए ७ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं। बंगलादेशमा अध्यनरत मेडिकल विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। शनिबार नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएसन बंगलादेशले देउवालाई बालुवाटारमा भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो।

उक्त पत्रमा नेपालबाट जाँदा आफूले पढ्ने कलेजकै हस्टेलमा क्वोन्टिनको व्यवस्थापनका निम्ति पहल गरिदिन, भ्याक्सिन लगाउन नपाएका र बंगलादेशमै रहेका नेपाली बिधार्थिहरुलाई यथाशिघ्र भ्याक्सिनको व्यवस्थापनका निम्ति आवश्यक पहल गरिदिन र पिजी अध्ययनरत चिकित्सकहरुको उचित मूल्यांकन गरि अन्य देशको नागरिक सरह सेवा सुविधाको व्यवस्थाको लागि आवश्यक पहल गरिदिन आग्रह गरिएको छ।

 

अध्यक्ष नवीन यादवको नेतृत्वमा बुझाइएको पत्रमा त्यस्तै एमबीबीएस एवं बिडिएस गरिरहेका नेपाली इन्टर्न चिकित्सकहरुको उचित मुल्यांकन गर्दै पारिश्रमिकको व्यवस्थाका निम्ति पहल गरिदिन, २ वर्षको लागि भिसा शुल्क तिर्दा पनि एक वर्षको मात्रै भिसा पाउने गरिएको भन्दै त्यसका लागि पहल गरिदिन र बंगलादेश सरकारले नेपाली विद्यार्थीका निम्ति उपलब्ध गराउने छात्रवृति पाउने प्रक्रिया र मापदण्ड निर्धारण गरिदिन माग गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर