शनिबार ३२ सय कोभिड संक्रमित थपिए, १९ जनाको मृत्यु – Nepal Press

शनिबार ३२ सय कोभिड संक्रमित थपिए, १९ जनाको मृत्यु

काठमाडौं उपत्यकामा ९१० संक्रमण भेटियो

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३२१८ जना कोभिड-१९ बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५७३ नमुना (८८६६ पीसीआर र ४७०७ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

शनिबार थप १९ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । सोही अवधिमा १७२२ जना निको भएका छन् ।

सक्रिय संक्रमित संख्या ३५ हजार ४३२ पुगेको छ । १ लाख ९१ हजारले कोभिडविरुद्धको खोप लगाएका छन् ।

शनिबार काठमाडौं उपत्यकामा ९१० जना बिरामी थपिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना संक्रमित थपिएका छन् ।

कूल संक्रमित संख्या ७ लाख १२ हजार ७४०, कूल मृत्यु १० हजार ३८ र कूल डिस्चार्ज हुने संख्या ६ लाख ६७ हजार रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर