मधेश झरे महन्थ-महतो : जनकपुरधाममा कार्यकर्ता भेला (तस्विरहरु) – Nepal Press

मधेश झरे महन्थ-महतो : जनकपुरधाममा कार्यकर्ता भेला (तस्विरहरु)

जनकपुरधाम । जनता समाजबादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षको अगुवा कार्यकर्ता भेला प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा जारी छ । राज्यसत्ता र पार्टी सत्ता दुवैतिरबाट बाहिरिएपछि कमजोर बनेका ठाकुर आफ्नो शक्ति बढाउन मधेश झरेका छन् ।

अध्यक्ष ठाकुरको प्रमुख आतिथ्य र प्रदेश सांसद प्रमेश्वर साहको अध्यक्षतामा भेला भएको हो । भेलामा अध्यक्ष ठाकुर, बरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी र उमाशंकर अरगरिया प्रमुख बक्ता रहेका छन् ।

जसपाको आधिकारिकता नपाएपछि ठाकुर पक्षले १९ जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने कार्यक्रम सार्वजनिक गरेको थिए । सोही अन्तर्गत आज जनकपुरधाममा भेलाभएको हो । उक्त भेलामा जसपाका ठूलो संख्यामा नेता कार्यकर्ता सहभागी छन् ।

मधेसको मुद्दा सम्बोधन गराउन तत्कालिन केपी ओली नेतृत्वको सरकारमा गएर गल्ती नगरेको कुरा अगुवा कार्यकर्ता समक्ष राख्न भेला गरिरहेको ठाकुर पक्षका नेताहरु बताउँछन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर