एक दिन बिराएर आकाश र पूजाले किने एउटै कार : प्रतिस्पर्धा कि सल्लाह ? – Nepal Press

एक दिन बिराएर आकाश र पूजाले किने एउटै कार : प्रतिस्पर्धा कि सल्लाह ?

काठमाडौं । अभिनेत्री पूजा शर्मा र नायक आकाश श्रेष्ठबीचको निकटता केही समयदेखि पेज थ्री गसिपको विषय बनिरहेको थियो । उनीहरुले आफूहरुलाई साथी मात्र बताए पनि धेरैले प्रेमी–प्रेमिकाको रुपमा हेरेका थिए । तर, अहिले उनीहरुको सम्वन्धमा बदलाव आएको छ ।

आकाशले गत बिहीबार हुन्डाइ कम्पनीको क्रेटा कार आफ्नो घरमा भित्र्याए । ७० लाख मूल्यमा उनले कार किनेको समाचार मिडियामा सार्वजनिक भयो । त्यसको दुई दिनपछि पुजा पनि हुन्डाइको शोरुममा पुगिन् । उनले पनि सोही क्रेटा कार किनेर आफ्नो नयाँ घर लगिन् ।

पुजा र आकाशले सल्लाह गरेर एउटै कार किनेका हुन् त ? त्यस्तो देखिँदैन । न आकाशले कार किन्दा पुजा साथमा थिइन्, न पुजाले कार किन्दा आकाश साथ थिए । दुवैले एक–अर्कालाई थाहा नदिइकन आ–आफ्नो कार किनेको बताइन्छ । पहिले–पहिले जुनसुकै हरेक निर्णय आपसी सल्लाहमा गर्ने उनीहरुको सम्वन्धमा निकै चिसोपना आएको छनक यो घटनाबाट मिल्छ ।

जुन कार आकाशले किने पुजाले पनि त्यही किन छनोट गरिन् ? के यो माया हो ? या प्रतिस्पर्धा ? धेरैको अन्मानमा यो प्रतिस्पर्धा हो । पछिल्लो समय पुजाको नाम अर्कै पुरुषसँग जोडिएको छ । आकाशसँग उनको दुरी बढेको छ । त्यही भएर उनीहरुबीच ‘तँ भन्दा म के कम ?’ को होड सुरु भएको एकथरिको बुझाइ छ । हामीले यस विषयमा जान्न खोज्दा दुवैजनाको फोन रिसिभ भएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर