कक्षा १२ को परीक्षा स्थगनको निर्णय आउँदैछ : विश्वप्रकाश शर्मा – Nepal Press

कक्षा १२ को परीक्षा स्थगनको निर्णय आउँदैछ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कक्षा १२ को परीक्षा स्थगन हुने दावी गरेका छन् ।

आगामी साउन ३१ गतेदेखि हुन लागेको परीक्षा कोरोनाको जोखिमका कारण स्थगित गर्नुपर्ने माग सामाजिक सञ्जालबाट भइरहेको थियो ।

प्रवक्ता शर्माले सामाजिक सञ्जालबाटै परीक्षा स्थगतको निर्णय आउन लागेको जानकारी दिएका हुन् ।

उनल लेखेका छन्, ‘स्थगनको निर्णय आउँदैछ । आन्तरिक समन्वयको प्रक्रिया टुंगोमा पुग्दैछ । सरकारका लागि विद्यार्थी जीवनको रक्षाभन्दा ठूलो तिनको परीक्षा अहिले किमार्थ हुन सक्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *