बेजोसलाई उछिन्दै बनार्ड आर्नल्ट बने विश्वकै एक नम्बर धनाढ्य – Nepal Press

बेजोसलाई उछिन्दै बनार्ड आर्नल्ट बने विश्वकै एक नम्बर धनाढ्य

काठमाडौं । फेसन कम्पनी लुइस भ्यूटनका मालिक बर्नाड आर्नल्ट विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । फोर्ब्स म्यागजिनको रियल टाइम अर्बपतिको सूचीमा आर्नल्डले शुक्रबार अमेजन मालिक जेफ बेजोसलाई पनि उछिनेका छन् ।

विश्वका धनाढ्यको सूची राख्ने फोर्ब्स म्यागजिनको सूची परिवर्तन भइरहन्छ । फ्रान्सका ७२ वर्षिय आर्नल्ट लुइस भ्यूटन र सेफोरासहित ७० वटा ब्रान्डका मालिका हुन् । अर्नाल्टको सम्पत्ति १९८.२ बिलियन डलर पुगेको छ ।

५७ वर्षे जेफ बेजोसको सम्पत्ति चाहिँ १९४.९ बिलियन डलर छ । इलोन मस्क १८५.५ बिलियन डलरसहित तेस्रो र बिल गेट्स १३२ बिलियन डलरसहित चौंथो स्थानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर