आजदेखि ७७ वटै जिल्लामा भेरोसेलको दोस्रो डोज खोप लगाउन सुरु – Nepal Press

आजदेखि ७७ वटै जिल्लामा भेरोसेलको दोस्रो डोज खोप लगाउन सुरु

काठमाडौं । आजदेखि मुलुकका ७७ वटै जिल्लामा कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु भएको छ । गत असार २९ गतेदेखि भेरोसेलको पहिलो डोज लगाएकालाई दोस्रो मात्रा दिन लागिएको हो।

सो खोप अभियानमा ५५ वर्षभन्दा माथिल्लो उमेरकाले दोस्रो डोज लगाएका थिए । आजबाट सुरु भएको अभियानमा पहिलो डोज खोप लगाएको २१ दिन पुगेका सबै व्यक्तिलाई दोस्रो डोज खोप दिइने भएको छ ।

स्वास्थ्य मन्त्रालयले २० लाखभन्दा बढी मानिसलाई भेरोसेलको दोस्रो मात्रा लगाउने लक्ष्य रहेको जानकारी दिएको छ । काठमाडौं उपत्कामा १ लाख ६५ हजार जनालाई दोस्रो मात्रा लगाउने कार्यक्रम छ ।

सबै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान चलाउन निर्देशन दिइएको छ । ५५ वर्षमाथिका, अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा विदेश जाने नागरिकका लागि छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर