यसवर्ष २ बिलियन डोज खोप बाँड्ने चिनियाँ राष्ट्रपतिको घोषणा – Nepal Press

यसवर्ष २ बिलियन डोज खोप बाँड्ने चिनियाँ राष्ट्रपतिको घोषणा

बेइजिङ । चीनले यसवर्ष २ बिलियन डोज कोभिड-१९ विरुद्धको खोप विदेशमा वितरण गर्ने भएको छ भने कोभ्याक्स संयन्त्रलाई १०० मिलियन डलर सहायता गर्ने भएको छ ।

बिहीबार राती खोप वितरणको घोषणा गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले अल्पविकसित र गरिब मुलुकहरुलाई डेल्टा भेरिएन्टको संक्रमणविरुद्ध जुध्नका लागि चीनले थप खोप सहायता गर्न लागेको जनाए ।

खोपको समानुपातिक वितरण गर्नुपर्ने दबाब दिँदै चीनले आयोजना गरेको खोपको विश्व भर्चुअल सम्मेलनमा लिखित मन्तव्य दिँदै सीले सहायताको घोषणा गरेका हुन् । विश्वभर खोपको समानुपातिक वितरणका लागि फोरमले काम गर्ने आशा समेत उनले राखे ।

पछिल्लो समय विकासोन्मुख मुलुकहरुले तीन प्रमुख समस्या झेलिरहेका छन् । पहिलो– खोपमा पहुँचको अभाव, दोस्रो– नयाँ भेरिएन्टसँग खोपको प्रभावकारितामा कमी र तेस्रो– अन्तर्राष्ट्रिय बजारमा खोप उत्पादक कम्पनीको प्रतिस्पर्धा ।

चीनले प्रतिवर्ष ५ बिलियन डोज उत्पादन गर्ने र १.४ बिलियन चिनियाँलाई लगाउन पुग्ने आँकडा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर